Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

पाँच दिनको अन्तरमा दुई जनाको गोली हानी हत्या


1.7K
Shares

पाँच दिनको अन्तरमा दुई जनाको गोली हानी हत्या

काठमाडौं,११ जेठ । रौतहटमा पाँच दिनको अन्तरमा दुई जनाको गोली हानी हत्या भएको छ । पाँच दिनअघि गौर नगरपालिका–७ सिसवा निवासी ४५ वर्षीय यार महोम्मद खानको हत्या हुँदा गएराति मात्र अर्का एक व्यक्तिको गोली हानी हत्या भएको छ ।

हत्या हुनेमा देवाही गोनाही नगरपालिका करुनिया निवासी शेख तैयब रहेका छन्। उनको हत्याको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच आम जनता पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रभु शाहले हिंसात्मक घटनाहरूले आम जनतामा त्रासको स्थिति सिर्जना भएको बताएका छन् । शाहले दोषीलाई कारबाहीको दायरामा ल्याउन गृह प्रशासनको ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology