Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

जिप दुर्घटना हुँदा १४ जना घाइते, ५ जनाको अवस्था चिन्ताजनक


1.5K
Shares

जिप दुर्घटना हुँदा १४ जना घाइते, ५ जनाको अवस्था चिन्ताजनक

रुकुम पश्चिम,११ जेठ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका( ८ दुलीमा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । उनीहरूमध्ये पाँच जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका इन्सपेक्टर विष्णु श्रेष्ठले जानकारी दिनुभयो ।

सानीभेरी गाउँपालिका(३ घ्युढुंगाबाट मुसिकोटतर्फ जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप आज बिहान करिब साढे आठ बजेतिर दुर्घटना भएको थियो । जिप सडकबाट करिब ३ सय मिटर तल खसेको छ । जिपमा १५ जना सवार थिए ।

घाइतेहरुलाई उद्धारको काम जारी छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार गम्भीर घाइते भएकाहरुलाई हेलिकोप्टरबाट बाँकेको कोहलपुर लैजाने तयारी छ ।

‘घाइतेहरुको उद्धारका लागि सुर्खेतबाट रुकुम पश्चिमका लागि हेलिकोप्टर उडिसकेको छ,’ प्रजिअ पन्तले भन्नुभयो । सामान्य घाइतेहरुलाई भने जिल्ला अस्पताल सल्लेमा लैजाने काम जारी छ ।

‘घाइतेहरुको उद्धारका लागि सुर्खेतबाट रुकुम पश्चिमका लागि हेलिकोप्टर उडिसकेको छ,’ प्रजिअ पन्तले भन्नुभयो । सामान्य घाइतेहरुलाई भने जिल्ला अस्पताल सल्लेमा लैजाने काम जारी छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology