Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

एक क्विन्टल गाँजासहित २ जना पक्राउ


1K
Shares

एक क्विन्टल गाँजासहित २ जना पक्राउ

जनकपुरधाम,१० जेठ । महोत्तबाट एक क्विन्टल गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेके छ । मकवानपुर भिमफेदी गाँउपालिका १ बस्ने २९ वर्षीय रुपेश गोले र २६ वर्षीय अनिल पाख्रिनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रदेश ३(००१ क ०२६९ नम्बरको ट्रकमा पोकापारेर लुकाइछिपाइ लैजाँदै गरेको एक क्विन्टल लागुऔषध गाँजासहित एकडारा गाँउपालिका ३ अजमरपट्टी स्थितबाट दुवैजनालाई नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी प्रवक्ता दिलीपकुमार गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार दुवैजनामाथि जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology