काठमाडौं, ८ जेठ । सप्तरीमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ। हनुमाननगर कंकालिनी नगरपालिका—४ मधवापुरस्थित सोमबार बिहान युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको हो। मृतक अन्दाजी २०÷२२ वर्षीय युवक हुन्। अहिलेसम्म मृतकको परिचय खुल्न सकेको छैन ।
बिहान स्थानीयले खबर गरेपछि प्रहरी पुगेको थियो। अहिले उनको शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पोस्टमर्टमका लागि लगिएको राखिएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।