Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

छुरा प्रहार गरी छिमेकीको हत्या


1K
Shares

छुरा प्रहार गरी छिमेकीको हत्या

रौतहट, ६ जेठ । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या गरिएको छ । गौर नगरपालिका ७ सिसवा गाउँका ३५ वर्षीय शेख कबिरले छुरा प्रहार गरी छिमेकी ५० वर्षीय यार महदम खानको गए राति हत्या गरेका हुन् ।

गए राति १० बजे दुवैजना बीच केही विवाद हुँदा कविरले खानको पेटमा छुरा प्रहार गरेका थिए । पेट र मुटुमा गम्भीर चोट लागेका खानलाई तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

घटनाको ४० मिनेटपछि खबर गर्नासाथ प्रहरी टोली घटनास्थलमा पुग्न अघि नै आरोपी कबीर फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका इन्स्पेक्टर विन्देश्वर यादवले बताएका छन् । हत्याका अभियुक्त मानसिक रोगी रहेको र उसको खोजी तथा घटनाबारे अनुसन्धान भइरहेको इन्स्पेक्टर यादवले जानकारी दिएका छन् ।

गौर नगरपालिको मेयर शम्भु साह प्रादेशिक अस्पताल गौरमा पुगेर मृतकको अवस्था बारे बुझ्दै फरार अभियुक्त लाई तत्काल पक्राउ तथा घटनाको सत्य तथ्य छानबिन गर्न स्थानीय प्रशासनसँग माग गरेका छन्। मृतक खानको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology