Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु


868
Shares

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं, ५ जेठ। रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना भने घाइते भएका छन् । मृत्यु हुनेमा मुसिकोट नगरपालिका– १४ का १८ बर्षका हेमराज ओली रहेका प्रहरीले जनाएको छ ।

रा १ त ३७९० नम्वरको ट्याक्टर बिहिवार बेलुका सानीभेरी गाउँपालिका–९ को खारखोलामा अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा मुसिकोट नगरपालिका–१४ का चन्द्रबहादुर खड्का र सानीभेरी गाउँपालिका–११ का शेरबहादुर विक घाइत भएका छन् । घाइते मध्ये खड्काको रुकुमको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ भने विकलाई नेपालगञ्ज लगिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology