दाङ, ४ जेठ। दाङमा नुहाउने क्रममा खोलामा डुबेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१७ का १० वर्षीय बसन्त बोहरा रहेका प्रहरीले जनाएको छ ।
बुधवार तुलसीपुर उपमहानगरपालिका– १७ बघौसीस्थित हापुरखोलामा नुहाउने क्रममा डुबेका बालक अचेत अवस्थामा फेला परेका थिए । लगतै राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याइएको बालक बोहराको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।