Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

रेशम चौधरीको जन्मकैद सजाय सर्वोच्चद्वारा सदर


742
Shares

रेशम चौधरीको जन्मकैद सजाय सर्वोच्चद्वारा सदर

काठमाडौँ, २ जेठ । कैलालीको टिकापुर घटनामा संलग्न रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलबाट जन्मकैदको सजाय पाएका रेशमलाल चौधरीको जन्मकैद सजाय सर्वोच्च अदालतले पनि सदर गरेको छ ।

सर्वोच्चको यो आदेशसँगै चौधरीले जन्मकैद पाएका छन् । सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीको हकमा जिल्ला र उच्च अदालतले तोकेको जन्मकैदको सजाय सदर गरेको हो ।

सोही मुद्दाका आरोपी सिताराम चौधरी र गंगाराम चौधरीले सफाइ पाएका छन् । लक्ष्मण थारुको हकमा भने जिल्ला अदालत कैलालीले ठहर गरेअनुसार तीन वर्षको कैद भुक्तान गर्नुपर्ने भएको छ । उच्च अदालतले थारुलाई पाँच वर्षको सजाय तोकेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology