Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

अटो दुर्घटना हुँदा एकजनाको निधन, दुई घाइते


728
Shares

अटो दुर्घटना हुँदा एकजनाको निधन, दुई घाइते

जुम्ला, २ जेठ ।  जुम्लामा अटो दुर्घटना हुँदा एकजनाको निधन भएको छ भने दुईजना घाइते भएका छन् । विमानस्थलदेखि पातारासीको उर्थुतर्फ जाँदै गरेको क.१ ह १५ नम्बरको अटो दुर्घटना हुँदा चन्दननाथ नगरपालिका– १० गैरागाउँका ४२ वर्षीय मेघराज न्यौपानेको निधन भएको प्रहरी नायव उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पातारासी गाउँँपालिका ३ का कृष्ण बोहरा र अटोचालक चन्दननाथ नगरपालिका– ९ का गोविन्द सार्की घाइते भएका छन् । घाइते दुईजनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology