Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

चट्याङले एकै परिवारका चार घाइते


686
Shares

चट्याङले एकै परिवारका चार घाइते

दैलेख,२ जेठ ।  दैलेखको डुंगेश्वर गाउँपालिका २ लाँकुरीमा चट्याङ पर्दा एकै परिवारका चार जना घाइते भएका छन् । सोमबार राति स्थानीय प्रवीन विकको घरमा चट्याङ पर्दा चार जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किशोर लम्सालका अनुसार २१ वर्षीय पारस बिक, १६ वर्षीय हेमा बिक, १७ वर्षीया पूर्णा बिक र २० वर्षीया पुष्पा बिक घाइते भएका छन् ।

घाइतेहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको दैलेख जिल्ला अस्पतालका डा.प्रयास विक्रम सिजापतिले बताउनुभयो । घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology