Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

छोटो लुगा लगाउँदा कुरा काटेको भन्दै छिमेकीमाथि निर्घात कुटपिट


735
Shares

छोटो लुगा लगाउँदा कुरा काटेको भन्दै छिमेकीमाथि निर्घात कुटपिट

हेटौंडा, १ जेठ । छोटो लुगा लगाएर हिँडेको विषयमा कुरा काटेको भन्दै मकवानपुरका थाहा नगरपालिकाकी एक युवतीले छिमेकी अर्की युवतीलाई निर्घात कुटपिट गरेकी छिन् ।

थाहा नगरपालिका( १२ तल्लो वसन्त बस्ने २७ वर्षीया सुशीला स्याङ्तानले ३० वर्षीया विनिता मोक्तानमाथि कुटपिट गरी गम्भीर घाइते बनाएकी हुन् । उनलाई थप उपचारको लागि काठमाडौंको ट्रमा सेन्टर पठाइएको छ ।

छोटो लुगा लगाएर हिँडेको कुरा विनिताले अरुसँग गरेको भन्दै सुशीलाले घरमै पुगेर निर्घात कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताउनुभयो । कुटपिट गर्ने शुसिलालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology