Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

पेट्रोल राखेको बोतलमा आगो लाग्दा १३ वर्षीया बालिकाको मृत्यु


882
Shares

पेट्रोल राखेको बोतलमा आगो लाग्दा १३ वर्षीया बालिकाको मृत्यु

सिन्धुली, २५ बैशाख । पेट्रोलको बोतलमा आगो सल्कदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली कमलामाई नगरपालिका( २ भोटेश्वराका शुभलाल घलानकी १३ वर्षीया छोरी अमृता घलान रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता चिरन्जिवी दाहालका अनुसार घलानको घरको भान्साकोठामा आगो बाल्ने क्रममा बोतलमा रहेको पेट्रोलमा अचानक आगो लाग्दा अमृता घाइते भएकी थिइन् ।

आइतबार साँझ करिब ५ बजेतिर आगलागीबाट गम्भीर घाइते भएकी अमृताको उद्धार गरी सिन्धुली अस्पतालमा उपचारका लागि ल्याइएको थियो । ‘तर,त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं स्थित कीर्तिपुर अस्पताल पठाइएको थियो । उपचारकै क्रममा आज बिहान मृत्यु भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology