Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एक जनाको मृत्यु


812
Shares

सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौँ, २२ बैशाख  । संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय भविन गुरुङ रहेका छन् ।

कोशी प्रहरी प्रदेशका प्रमुख डीआइजी राजेशनाथ बास्तोलाले भविनको मृत्यु भएको पुष्टि गर्नुभयो । गुरुङ हेलिकोप्टरकै कर्मचारी रहेको बताइएको छ ।
संखुवासभाको भोटखोला गाउँपालिकामा सिम्रिक एयरको हेलिकप्टर शुक्रबार दिउँसो दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएकामध्ये दुई जनालाई उपचारका लागि काठमाडौँ लगिएको डीआईजी बास्तोलाले जानकारी दिनुभयो ।

पाइलट सुरेन्द्र पौडेल र छिरिङ भोटेलाई काठमाडौँ ल्याएपनि अर्का सामान्य घाइते भएका विक्रम शंकरको भने खाँदबारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology