Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

काफल बेचेर दैनिक दुई हजार आम्दानी


2.2K
Shares

काफल बेचेर दैनिक दुई हजार आम्दानी

काठमाडौं, २० वैशाख । यो काफल फल्ने सिजन हो। मध्य र पहाडी क्षेत्रका वन जंगलमा अहिले काफल पाकिरहेको छ। पहाडी जंगलमा फलेका काफल यतिबेला तराईका बजारमा बिक्री भइरहेको छ।

नेपालगन्ज, कोहलपुर लगायतका बजारमा यतिबेला व्यापारीलाई काफल बिक्रीले व्यस्त बनाएको छ।

काफल बिक्रीमा दैनिक रु दुई हजार आम्दानी हुने गरेको किसानहरू बताउँछन्।

रोल्पाबाट दाङ हुँदै नेपालगञ्जमा काफल बिक्री गर्न आएका व्यापारी खगेन्द्र बुढामगरले दैनिक चारदेखि पाँच क्यारेट ९डाला० काफल बिक्री गर्ने बताए।

काफलले नेपालगञ्जमा राम्रो बजार पाएको उनले सुनाए। काफल बिक्रीका लागि घोराहीबाट नेपालगन्जमा आएका अर्का व्यापारी हरि नारायण चौधरी यसबाट राम्रो आम्दानी भएको बताए।

काफल स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ। काफल पेटका लागि निकै फाइदाजनक हुने गरेको स्वास्थ्यकर्मी कबिराम बुढाथोकी बताउँछन्।

पहाडमा पलेको काफलभित्रको पोषक तत्वलाई जोगाई ब्राण्डिङ गरेर बिक्री गर्नुपर्ने नेपालगन्ज उपमहानगरपालिकाका पूर्ववडाध्यक्ष सुनिल सिंह हमालको भनाइ छ। काफलको बोक्रा पिसेर त्यही धूलोले मञ्जन गरेमा दाँतको दुखाइ निको हुने वरिष्ठ आयुर्वेद डा रामबहादुर बोहराको भनाइ छ।रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology