Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

गाँजासहित वडाध्यक्ष पक्राउ


798
Shares

गाँजासहित वडाध्यक्ष पक्राउ

१८ वैशाख, हेटौंडा । मकवानपुरको थाहा नगरपालिका( ७ का वडाध्यक्ष शिवराज थिङ गाँजासहित पक्राउ परेका छन् । सोमबार बिहान ८ बजेको समयमा लागुऔषध नियन्त्रण व्यूरो र इलाका प्रहरी कार्यालय पालुङको टोलीले वडाध्यक्ष थिङसहित ३ जनालाई लागुऔषध गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

सोमबार बिहान थाहा नगरपालिका(७ आग्राका ७६ वर्षीय भीमबहादुर थिङ, वडाध्यक्ष शिवराज थिङ र ६७ वर्षीय ईन्द्रबहादुर थिङ पक्राउ परेका हुन् । इन्द्रबहादुरको घरमा प्रहरीले जाँच गर्दा १७५ किलोग्राम, वडाध्यक्ष थिङ र भीम बहादुरको घरबाट ३० वटा पोकामा २७ किलो गाँजाको धुलो फेला परेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

लागुऔषध गाँजासहित पक्राउ परेका ३ जनालाई इलाका प्रहरी कार्यालय पालुङमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology