Nagarik Sawal

२०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

बुबाले गरे आफ्नै छोराको हत्या


931
Shares

बुबाले गरे आफ्नै छोराको हत्या

धनगढी,१६ बैशाख । कैलालीमा बुबाले आफ्नै छोराको हत्या गरेका छन्। धनगढी उपमहानगरपालिका(६ मट्यारीका ४७ वर्षीय महेश कुमार चौधरीले आफ्नै २१ वर्षीय छोरा अर्जुन चौधरीको हत्या गरेका हुन् ।

अर्जुनलाई घरदेखी करिब १५० मिटर टाढा जंगलमा लगेर टाउकोमा ईट्टा प्रहार गरी महेशले हत्या गरेको प्रहरीले जनाएको छ । खबर पाउनासाथ वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट प्रहरी निरिक्षक उपेन्द्र बहादुर बमको टोली घटनास्थलमा खटिएको र अनुसन्धानका लागी प्रहरी उपरीक्षक देवेन्द्र बहादुर पालको कमाण्डमा सोको टोली खटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । महेशलाई नियन्त्रणमा लिइएको प्रहरीले भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology