Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु


882
Shares

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं, १३ वैशाख । मालवाहक ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । विराटनगरबाट बूढीगंगा गाँउपालिकातर्फ जाँदै गरेको ना.४ ख ८६७९ नम्बरको ट्रकले बिहान करिब सवा सात बजेतिर ठक्कर दिँदा अन्दाजी ५५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सडक पार गर्ने क्रममा उहाँलाई ट्रकले ठक्कर दिएको थियो । उहाँको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले ट्रक चालक र ट्रकलाई नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology