काठमाडौं, १२ वैशाख । दाङमा सर्पले टोकेका बिरामीलाई अस्पताल नलगी झारफुक गराउँदा मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं.१६ शान्तिटोलका २६ वर्षीय रोशन डाँगीलाई सोमबार राति १० बजेतिर सुतिरहेको समयमा विषालु सर्पले टोकेको थियो।
दाहिने खुट्टामा सर्पले टोकेका डाँगीलाई अस्पताल लैजानुको साटो तुलसीपुर–१४ पहरुवा र खोल्सापुर दाङमा रातभर झारफुक गराउँदा गराउँदै उनी अचेत भएका थिए। बिहान ३ बजेदेखि बेहोस रहेका डाँगीलाई बिहान ७ बजेमात्रै घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।
अस्पताल पुर्याउनासाथ चिकित्सकले डाँगीलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।