काठमाडौं, ८ वैशाख । गुल्मीमा डढेलो निभाउने क्रममा जलेर एक बालकको मृत्यु भएको छ। गएराती जिल्लाको धुरकोट गाउँपालिका–३ हारहारे वर्दवासको जंगलमा लागेको डढेलो निभाउन गएका स्थानीय १३ वर्षीय बालक दीपक मुखिया जलेर गम्भीर घाइते भएका थिए।
गम्भीर घाइते भएका मुखियाको पाल्पा मिसन अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । डढेलो निभाउन गएका ५५ वर्षीय धनबहादुर जोगी गम्भीर घाइते भएका छन्। उहाँलाई आज थप उपचारका लागि बुटवल लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अुसार उहाँको पुरै शरीर जलेकाले अवस्था गम्भीर रहेको छ ।