Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

बनाउँदै गरेको बेलिब्रिज भाँचिदा १ जनाको मृत्यु, ९ जना घाइते


896
Shares

बनाउँदै गरेको बेलिब्रिज भाँचिदा १ जनाको मृत्यु, ९ जना घाइते

जाजरकोट, ७ वैशाख । जाजरकोट र रूकुम पश्चिम जोड्ने गरी भेरी नदीमा बनाउँदै गरेको बेलिब्रिज भाँचिदा १ जनाको मृत्यु भएको छ । अरु ९ जना घाइते भएका छन् ।

जाजरकोट डोल्पा सडक खण्ड अन्तरगत जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको आठविसकोट जोड्ने निर्माणाधीन अवस्थाको बेलिब्रिज भाँचिएको हो ।

घटनामा १ जनाको मृत्यु भएको पुष्टि भए पनि उनको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । ।

घाइते ९ जनाको नलगाड नगरपालिका वडा नं. ७ दल्लीस्थित नगर अस्पतालमा उपचार भइरहेको छ । घाइतेको एक जना नेपाली बाहेक सबै भारतीय नागरिक रहेका छ्न् । घाइते सबै काम गर्ने मजदुर हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology