Nagarik Sawal

२०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

राष्ट्रपति पौडेलको स्वास्थ्य सुधारोन्मुख


1.1K
Shares

राष्ट्रपति पौडेलको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं, १९ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ । पेट दुख्नेलगायत समस्या देखिएपछि राष्ट्रपति पौडेललाई शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो ।

राष्ट्रपति पौडेललाई चिकित्सकहरूको निगरानीमा राखिएको छ । त्रिवि शिक्षण अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाले राष्ट्रपति पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको बताउनुभयो ।

यसैबीच राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापतिसमेत रहेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, पूर्वसभामुख तारानाथ रानाभाट, सांसद सुरेन्द्र आचार्य लगायतले भेटेर जानकारी लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology