Nagarik Sawal

२०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

कार र ट्याक्सी एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु, ६ जना घाइते


1K
Shares

कार र ट्याक्सी एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु, ६ जना घाइते

काठमाडौँ, १६ माघ । ललितपुरको ग्वार्कोमा कार र ट्याक्सी एक(आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । ग्वार्कोस्थित बिएण्डबी अस्पताल नजिकै आइतबार राति दुर्घटना भएको हो ।

ग्वार्कोबाट सातदोबाटोतर्फ आउँदै गरेको बा २ ज ३४२० नम्बरको ट्याक्सी र विपरीत दिशाबाट जाँदै गरेको बा ४ च १ नम्बरको कार आइतबार मध्यराति साढे १२ बजे एक(आपसमा ठोक्किएका थिए।

दुर्घटनापश्चात् गम्भीर घाइते भएका दुई जनाको उपचारको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेहरूमा ट्याक्सीमा सवार सुनसरीका सरोजकुमार विक र कारमा सवार मोरङका धनबहादुर बस्नेत रहेका छन्।

घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये कार चालक झापाको विर्तामोडका ३५ वर्षीय वीरबहादुर विकको अवस्था गम्भीर छ। कार चालक विकले मदिरा सेवन गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology