Nagarik Sawal

२०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु


875
Shares

ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं, १५ माघ । काठमाडौंको स्वयम्भुमा ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

शनिबार राति काठमाडौं महानगरपालिका—१५ स्वयम्भु चौमतिमा प्रदेश ३—०१—००३ क ७५१२ नम्बरको ट्यांकरले बा.८१ प १७८६ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

ठक्करबाट स्कुटर चालक सोही महानगरपालिका—२४ बस्ने ५५ वर्षीय नरेन्द्र मुनि बज्राचार्यको मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएका उनको मनमोहन मेमोरियल अस्पताल स्वयम्भुमा उपचारको क्रममा मृत्यु भएको हो।

ट्यांकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology