Nagarik Sawal

२०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

चोरीको चुरोट किनेको आरोपमा वडा अध्यक्ष पक्राउ


1.4K
Shares

चोरीको चुरोट किनेको आरोपमा वडा अध्यक्ष पक्राउ

काठमाडौं, १३ माघ । बाराको कलैया उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष मोहन साह कानुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चोरीको चुरोट उनको साथबाट बरामद भएपछि प्रहरीले उनलाई सेधपुछका लागि नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार साहले सञ्चालन गरेको गोदामको ताल्चा फोडेर २ कार्टुन चुरोट चोरी भएको थियो । एक कार्टुन चुरोटको एक लाख जति पर्ने दावी गोदाम सञ्चालकको छ ।

चोरीमा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्तिले चुरोट वडा अध्यक्षले खरिद गरेको भनेपछि उनलाई सोधपुछका लागि बोलाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले वडा अध्यक्षलाई चोरी भएको चुरोट खरिद गरेको आरोप लागेपछि सोधपुछका लागि बोलाएको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology