Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


1.1K
Shares

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

वीरगञ्ज,२७ पुस । बारामा भएको सवारी दुर्घटनामा सडकमा हिँडिरहेकी एक महिलाको मृत्यु भएको छ । मोटरसाईकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको हो  । मृत्युहुनेमा कोल्हवी नगरपालिका वगेवा टोल बस्ने अन्दाजी ५८ वर्षीया ज्ञान्त्री चौधरीको मृत्यु भएको हो ।ज्ञान्त्रीको एल.एस.न्युरो अस्पताल परवानीपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।दुर्घटनामा ज्ञान्त्रीलाई ठक्कर दिने मोटरसाइकल चालक स्थानीय २६ वर्षीय कुन्दन चौधरी पनि घाइते छन् ।

उनको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ । तामागढी अस्पताल कोल्हवीमा उपचाररत उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।प्रहरीले दिएको जानकारी अनुसार मंगलबार साँझ ७ः१० बजे तामागढी सिम्रौनगढ सडक खण्डमा कोल्हवीबाट बगेबातर्फ जाँदै गरेको बा।२९प ७०१८ को मोटरसाइकलले पैदलयात्री ज्ञान्त्री चौधरीलाई ठक्कर दिएको हो ।

उनको टाउको, दाहिने खुट्टा र शरीरकको विभिन्न भागमा चोट लागेको थियो । कोल्हवीमा सामान्य उपचारपछि थप उपचारका लागि ७ः५० बजे एल.एस न्युरो अस्पताल लगिएको थियो । अस्पतालले राति करिब सवा ९ बजे उनको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology