गोरखा, २३ कात्तिक । गोरखमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन सञ्चालन सम्बन्धि तालिम दिन सुरु गरिएको छ ।
बुधबार (आज)देखी सुरु भएको तालिममा चुमनुब्री, धार्चे, गण्डकी र आरघाट गाँउपालिकाका कर्मचारीहरुको सहभागीता रहेको जिल्ला निर्वाचन अधिकारी टेक बहादुर कोइरालाले जानकारी दिनुभयो । तालिममा १ सय ८४ जना सहभागी रहेका छन् ।
प्रमुख निर्वाचन अधिकारी जिल्ला न्यायाधीश तेजेन्द्र प्रसाद शर्माले गोरखा क्याम्पासको सभा हलमा एक कार्यक्रम बीच तालिमको उद्घाटन गरेका हुन् । तालिम कात्तिक २६ गतेसम्म सञ्चालन हुने उहाँले बताउनुभयो ।