Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

गोरखामा गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन एक बुथ १०० युथ परिचालन गरिने


2.4K
Shares

गोरखामा गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन एक बुथ १०० युथ परिचालन गरिने

गोरखा, १७ कात्तिक । गोरखामा गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन बामलोकतान्त्रीक गठबन्धन सम्बद्द युवा संगठनहरुले एक बुथ १०० युथ परिचालन गरिने भएको छ ।

वाईसिएल नेपाल, नेपाल तरुण दल, युवा संघ नेपाल र नेपाल समाजवादी युवा संघको जिल्ला स्तरिय परिचालन प्रतिनिधिको बुधबार बसेको बैठकले गठबन्धनका उम्मेदवारहरुलाई अत्यधिक मतले बिजयी गराउने साथै एक बुथ १०० युथ परिचालन गर्ने निर्णय गरेको हो । संगठनहरु मातहतका स्थानिय समितिबाट प्रत्यक बुथबाट २ जना कमाण्डरको नामावली जिल्लामा केन्द्रित गराउने निर्णय गरिएको वाइसियलका जिल्ला इन्र्चाज सागर श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै वडा मातहतका सबै समितिमा संगठनहरुका २/२ जना रहने गरी परिचालन समिति बनाउने उहाँले बताउनुभयो । इन्र्चाज श्रेष्ठका अनुसार आसन्न ४ मंसिरको निर्वाचनमा गठबन्धनका उम्मेद्वारलाई मातदान गरी बिजयी गराउन युवा संगठनका अध्यक्षहरुले साँझा अपिल गर्ने बताउनुभयो ।बामलोकतान्त्रीक गठबन्धनको मर्म र स्प्रिट मतहत सबै समिति, कार्यकर्तासम्म प्रवाह गर्ने र गठबन्धन विपरीत कार्य गर्नेलाई सम्बन्धित समिति मार्फत अनुशासनको कारबाही गरिने बताएको छ ।

कात्तिक २० गते जिल्लाका सबै स्थानीय तहमा चारै दलका युवा संगठनले संयुक्त बृहत भेला गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । आगमी गठबन्धन सम्बद्द युवा संगठनहरुको बैठक नेपाली कांग्रेसको पार्टी कार्यलयमा तिनधारेमा बस्ने निर्णय गरिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology