गोरखा, १५ कात्तिक । नेकपा एमाले शहीद लखन गाउँपालिका वडा नम्बर ४ का वडापाटी कमिटिका अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ । मंगलबार बिहान एक कार्यक्रममा बिच एमाले वडा पार्टी कमिटिका अध्यक्ष कृष्णबहादुर थापा (मिलन) एमाले परित्याग गरी माओबादी केन्द्रमा प्रवेश गर्नुभएको हो ।
थापासंगै उक्त वडामा अन्य १२ जना माओबादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्रले जनाएको छ । निर्वाचनको मिति नजिकिदै जाँदा शहीद लखन गाउँपाकिलामा माओवादी केन्द्र प्रवेश गर्ने एमाले नेता कार्यकर्ताको संख्या बढ्दो छ ।
एमालेले लिएको नितिले देश प्रतिगमन तर्फ गएकोले संविधानको रक्षाको लागि माओवादी केन्द्र प्रवेश गरेको उनिहरुको भनाई छ । जिल्लामा एमालेमा ठुलो पहिरो जाने अध्यक्ष थापाले दावी गर्नुभयो । उनीहरुलाई माओवादी केन्द्रका नेता लेख बहादुर थापा, अमर तमुलगायत गठबंधनका नेताले स्वागत गरेका हुन् ।