Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताको नामका पछाडि ‘सी’ थर लागू


1.7K
Shares

विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताको नामका पछाडि ‘सी’ थर लागू

काठमाडौं, ६ कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता कार्यकर्ताले आफ्नो नामका पछाडि ‘सी’ राख्न थालेका छन् । पार्टीको नौ महाधिवेशनमा विप्लवले जात व्यवस्थाको अन्त्य गर्न हरेक पार्टी सदस्यले नामका पछाडि ‘सी’ राख्न प्रस्ताव गरेका थिए ।

जातिय व्यवस्थाले जकडिएको नेपाली समाजमा विप्लवले थप अर्को नयाँ थरको नामकरण गरेका छन् । कम्युनिस्ट पार्टीले जात व्यवस्थाबाट हुने विभेदलाई अन्त्य गर्नुपर्नेमा उल्टै जात व्यवस्थालाई प्रसय दिएका छन् । विप्लवले महाधिवेशन हलबाट विशेष प्रस्तावको रुपमा नामका पछाडि ‘सी’ राख्न प्रस्ताव गरेपछि पार्टीका कार्यक्रम, डकुमेन्ट र सामाजिक सञ्जालमा ‘सी’ राख्न थालेका छन् । पार्टीका नेता कार्यकर्ताले पार्टीको निर्देशन बमोजिम आ–आफ्नो अनुकूलमा सी राख्न थालेका हुन् ।

नेपाली समाज धेरै वर्षदेखि जातजाति व्यवस्थाको जाँतोमा पिल्सिएकाले नामका पछाडि सी राखेर जात व्यवस्था उन्मुलन गर्न खोजेको विश्वकर्माले जिकिर गर्नुभयो । कम्युनिष्टलाई इंगित गरेर सी नाम राखिएको सो पार्टीका केन्द्रीय सदस्य प्रकाश शाहीले बताउनुभयो । ‘नामको पछाडि सी राख्नुको कारण कम्युनिष्ट अर्थात साम्यवादी विचार प्रतिनिधित्व गर्न राखेको हौं । यसको अर्को अर्थ छैन ।’

तत्कालीन माओवादीले जनयुद्धका क्रममा जात व्यवस्थाको अन्त्य गर्ने भन्दै छदम भेषमा उपनाम राख्ने गरेका थिए । जातमा महिला पुरुष मात्रै हुने भएकाले नामको पछाडि थर नराखेर उपनाम राख्ने गरेका हुन् । अहिले फेरि विप्लवले नामका पछाडि सी राखेर नयाँ थरको नामकरण गरेका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology