गोरखा, ६ कात्तिक : प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका साँझा उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ३० भन्दाबढी योजनालाई प्राथामिकतामा राखेर चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । अध्यक्ष प्रचण्डले गोरखा समृद्धिको मार्गचित्र नाम दिएर गोरखा जिल्लाको मुहार फेर्न सकिने खालका योजनाहरुलाई मुख्य प्राथामिकतामा राखेर आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो ।
उहाँले सार्वजनिक गर्नुभएको प्रतिबद्धता पत्रमा १७ ओटा प्राथामिकता योजनाहरुलाई गुणात्मक योजनाहरु (गेमचेन्जर योजना) र १३ ओटा नियमित योजनामा राखिएको छ । झण्डै ८ पृष्ठको लामो प्रतिबद्धता पत्रमा गोरखा जिल्ला भित्र तिव्र बिकास गर्न सकिने महत्वपूर्ण योजनाहरुलाई गेमचेन्जर योजनाहरुको रुपमा प्रतिबद्धता पत्रमा समेटिएको अध्यक्ष प्रचण्डका चुनावी कमाण्डर समेत रहनुभएका नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य हरिराज अधिकारीले जानकारी दिनुभयो ।
प्रतिबद्धतामा पत्रको गेमचेन्जर योजनाहरुमा संविधानमा भएको व्यवस्था अनुसार जिल्लाको चुमनुब्री गाउँपालिका र धार्चे गाउँपालिकाको निश्चित भूभागलाई विशेष, स्वायत्त वा संरक्षित क्षेत्र घोषणा गर्न पहल गर्नेदेखि लिएर राष्ट्रिय गौरवको बहुउद्देस्सिय १२ सय मेघावटको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण कार्य तत्काल अघि बढाउनेसम्मका योजनाहरु समेटिएका छन् । त्यस्तै देशकै रणनीतिक महत्वको रुपमा रहेको बेनीघाट–आरूघाट–लार्के (रुइला नाका) सडक खण्ड निर्माण कार्य पूरा गर्ने प्रतिबद्धता पनि प्रचण्डको चुनावी प्रतिबद्धतामा उल्लेख छ ।
लिगलिगकोट, सिरानचोक गोरखा दरबार, मनकामना लगायतका ऐतिहासिक, धार्मिक तथा पर्यटकिय गन्तव्यलाई समेटेर पर्यटन सर्किटको रुपमा बिकास गर्ने र गोरखा र उत्तरी गोरखालाई हिमालय पर्यटनको रुपमा बिकास गर्ने योजना अध्यक्ष प्रचण्डले सार्वजनिक गर्नुभएको छ । उहाँले सार्वजनिक गर्नुभएको गेमचेन्जर योजनाहरुमा चुमभ्याली र नुब्री भ्यालीलाई हिमाली शहरको रुपमा बिकास गर्ने, रुइला नाका नियमित रुपमा सूचारु हुने सुनिश्चिता सहित नुब्री क्षेत्रमा अन्तरदेशीय सुख्खा बन्दरगाह स्थापना गरिने तथा पालुङटार एयरपोर्टलाई पुनःसञ्चालन गरी व्यवस्थित गरिने उल्लेख छ ।
त्यस्तै मध्यपहाडी लोकमार्ग कालोपत्रे गर्नेदेखि गोरखा जिल्ला भित्रका सवै पालिकाको केन्द्रहुदँै वडा कार्यालयसम्म पुग्ने कालोपत्रे सडक निर्माणमा जोड दिइने उल्लेख छ । पालुङटार नगरपालिकाको गाईखुर –च्याङ्ली क्षेत्रमा राज्यले घोषणा गरेको औधोगिक क्षेत्र निर्माणमा अघि बढाइने तथा सिउरेनीटारदेखि पालुङटारसम्म पृथ्वीराजमार्गको बैकल्पिक राजमार्ग निर्माण गर्न बिशेष पहल गरिने प्रतिबद्धतामा समेटिएको छ । त्यस्तै एक घर, एकधारा खानेपानीको लक्ष्य सहित गोरखाबासीहरुमा स्वच्छ खानेपानी पु¥याउन पहल गर्ने, जिल्ला भित्रका टारहरुलाई सदुपयोग गरी उत्पादन बृद्धिका लागि लिफ्टिङ, पम्पिङ तथा नहरहरुको योजना मार्फत सिंञ्चाईलाई व्यवस्थित गरी उत्पादनमा जोड गर्ने उल्लेख गरिएको छ ।
अध्यक्षले प्रचण्डले सार्वजनिक गरेको प्रतिबद्धतामा कृषि, पशुपालन, जडीबुटी, फलफूल खेती, अलैंची खेती, सुन्तला खेती, घरेलु हस्तकला, होमस्टे, साना उद्योग तथा घरेलु उद्योगहरूको प्रवद्र्धन गर्दै स्थानीय स्तरमा युवाहरूलाई स्वरोजगारी प्रदान गर्ने योजना र कार्यक्रमहरु अघि बढाउने उल्लेख छ । गोरखा क्षेत्र नम्बर २ मा भन्दापनि समग्र गोरखाको बिकास गर्ने गरी अध्यक्ष प्रचण्डको प्रतिबद्धता आएको केन्द्रीय सदस्य अधिकारीको भनाई छ ।
सिर्दीबास, माछीखोला, बारपाक, भच्चेक क्षेत्रमा हिमाली क्षेत्रका जडीबुटी संरक्षण, संकलन र प्रशोधन केन्द्र स्थापना गरी सो क्षेत्रलाई जडीबुटी विशेष क्षेत्रको रुपमा विकास गर्ने प्रतिबद्धता अध्यक्ष प्रचण्डले सार्वजनिक गर्नुभएको छ । प्रचण्डले सार्वजनिक गर्नुभएको नियमित प्रकृतिका योजनाहरुमा नियमित योजनाहरुलाई प्रभावकारी ढंगले सम्पन्न गर्न गर्ने, पालुङटार, हर्मी छोप्राक, गाँखु, श्रीनाथकोट, जौवारी, रातामाटा मुच्चोक सिम्जुङ, ध्याच्चोक वैकल्पिक साहायक राजमार्ग कालोपेत्र अघि बढाइने प्रतिबद्धतामा उल्लेख छ ।
त्यस्तै मस्र्याङ्दी, चेपे र दरौदी करिडोर अन्र्तगतको मुख्य सडक र यस अन्र्तगतका ग्रामिण क्षेत्र जोड्ने शाखाहरुलाई कालोपत्रे तथा स्तरोन्नतीमा जोडदिने, बाह्रकिलो बारपाक, लाप्राक गुम्दाहुदैँ माछाखोलासम्मको सडक कालोपत्रे गर्न आबश्यक पहल गरिने, जिल्ला भित्रका बिभिन्न ठाउँमा रहेका अस्पतालको स्तरोन्नती आर्यर्बेद औषधालयको बिकास गरिने, बिज्ञान र प्रबिधिको क्षेत्रमा सूचना सञ्चारमा भएको क्रान्तिलाई आत्मासाथ गर्दै गोरखाको सञ्चार क्षेत्रको बिकासमा जोडदिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
समाजमा भएका फरक क्षमतालाई व्यक्तिहरुको समग्र बिकासमा बिशेष योजना निर्माण गर्ने, स्वास्थ्यको निम्ति खेलकुद भन्ने नारालाई आत्मासाथ गर्दै सवै पालिकामा पालिका स्तरको खेलकुद क्षेत्रको बिकास गर्ने उल्लेख छ । त्यस्तै गोरखाको पालुङटार नगरपालिकाको च्याङ्लीमा कृषि अध्ययन अनुसन्धान केन्द्र निमांंण र ध्याम्पेसाल बारपाक सडक खण्डलाई स्तरोन्नती गर्न आबश्यक पहल गर्ने प्रचण्डले आफ्नो प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । प्रचण्डले सार्वजनिक गर्नुभएको प्रतिबद्धतामा उल्लेख भएका योजनाहरुले गोरखा क्षेत्र नम्बर २ मात्र नभएर समग्र गोरखाको मुहार फेर्न सकिने अबस्था रहेको केन्द्रीय सदस्य अधिकारीको भनाई छ ।