Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गठबन्धनमा शंका पैदा गर्ने काम नगरौंः देउवा


1.1K
Shares

गठबन्धनमा शंका पैदा गर्ने काम नगरौंः देउवा

पोखरा, ४ कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा शंका पैदा हुने काम नगर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

पाँचदलीय गठबन्धनले शुक्रबार पोखरामा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका देउवाले गठबन्धन आजको आवश्यकता भएको बताए । ‘कुनै पार्टीको बहुमत आउन सक्दैन, त्यसैले पार्टीहरू मिल्नुपरेको छ’, उहाँले भन्नुभयो, ‘गठबन्धनका साथीहरूलाई शंका पैदा गर्ने, मतभिन्नता ल्याउने कुनै पनि काम नगरौं ।’

गठबन्धनमा सबैको जित भएको र यसलाई कायम राख्दा सबैको पालो आउने उहाँले बताउनु भयो । ‘हाम्राबीचमा सबै पार्टीका साथीहरूले कसैले टिकट पाउनुभएन होला, कतिले पाउनुभयो होला । सबै पार्टीमा त्यस्तै छ’, देउवाले भन्नुभयो, सबैको पालो आउँछ । गठबन्धनको सरकार बन्यो भने सयौं ठाउँ हुन्छन् ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology