गोरखा, ३१ असोज । नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य गोरखा जिल्लाका सहइन्चार्ज परशुराम रम्तेलले गठबन्धनको पक्षमा ९०५ मत झार्नु अपरिहार्य भएको बताउनु भएको छ । निर्वाचनका लागि नेकपा माओबादी केन्द्र सिरानचोक गाउँपालिकाले आज आयोजना गरेको पालिका स्तरी बैठकमा बोल्दै उहाँले देशमा भएको अस्थिरतालाई सहि बाटोमा लैजान अहिलेको बामलोकतान्त्रिक गठबन्धन बनेको बताउनुभयो ।
प्रतिगमनलाई परस्त गरेर मात्र देशमा शान्ति र स्थिरता ल्याउन सकिने भन्दै केन्द्रीय सदस्य रम्तेलले यसलाई जोगाउन आम नेता कार्यकतालाई ईमानदारिका साथ गठबन्धनका उम्मेदारलाई मत हाल्न आग्रह गर्नुभयो । ‘माओबादी अध्यक्ष प्रचण्डले रुखमा र काग्रेस सभापति शेरबहादुर देउवाले हँसिया हथौडामा भोट अहिले होइन पहिले नै हालिसक्नु भएको छ, उहाँले भन्नुभयो, ‘तपाईं हामी कार्यकर्तालाई भोट हाल्न कुनै गार्हो छैन, यो शान्ति सम्झौता हस्ताक्षर गर्ने दुई पनि हो ।’
नेता रम्तेलले गठबन्धनको मर्म र भावना बुझेर गठबन्धनका उम्मेदारलाई जिताउन मतदाताका घरघरमा गएर सहि कुरा बताउन समेत नेता कार्यकताहरुलाई अपिल गर्नुभयो । सोहि कार्यक्रममा नेकपा माओबादी केन्द्रका सिरानचोक गाउँपालिकाको अध्यक्ष रमेश पण्डितको अध्यक्षतमा भएको कार्यक्रममा गण्डकी प्रदेश सदस्य पुर्ण कुमारी कँडेल, नबराज पुडासैनी र शारदा घिमिरे लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन गाउँपाटी सचिब धन बहादुर तमाङले सञ्चालन र्गुभएको थियो ।