Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

समानुपातिक निर्वाचन प्रणाली तर्फको मतपत्र छपाइको काम सम्पन्न


1.2K
Shares

समानुपातिक निर्वाचन प्रणाली तर्फको मतपत्र छपाइको काम सम्पन्न

काठमाडौं, २९ असोज । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली तर्फको सम्पूर्ण ४ करोड ६ लाख ५ हजार मतपत्रको छपाइ सम्पन्न भएको छ । प्रतिनिधिसभा तर्फको समानुपातिक प्रणालीका लागि २ करोड ४ लाख २१ हजार मतपत्रको छपाइ सम्पन्न भएको छ ।

यसैगरी ७ वटै प्रदेशका लागि समानुपातिक तर्फको २ करोड १ लाख ८४ हजार मतपत्रको छपाइ सम्पन्न भएको छ । समानुपातिक निर्वाचन प्रणाली तर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मतपत्र ढुवानीसमेत सुरु भइसकेको छ । हालसम्म १८ जिल्लामा समानुपातिक निर्वाचन प्रणाली तर्फको मतपत्र ढुवानी भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

जसमा खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी जिल्ला रहेका छन् । पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि आज सम्म १७ लाख मतपत्र छपाइ भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology