Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

बामलोकतान्त्रिक गठबन्धन निर्वाचनका लागि नभई संबिधानको रक्षाका लागि हो :अध्यक्ष प्रचण्ड


2K
Shares

बामलोकतान्त्रिक गठबन्धन निर्वाचनका लागि नभई संबिधानको रक्षाका लागि हो :अध्यक्ष प्रचण्ड

गोरखा, २९ असोज (रासस) : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बर्तमान बामलोकतान्त्रिक गठबन्धन निर्वाचनको लागि नभई संबिधानको रक्षाको लागि बनेको गठबन्धन भएको बताउनु भएको छ । गोरखा जिल्ला स्थित सत्ता गठबन्धनले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण लाई सम्बोधन गर्नुहुँदै उहाँले संबिधान नै खतरामा परेका बेला बर्तमान संबिधानको रक्षाका लागि गठबन्धन बनेको बताउनुभयो ।

‘यो अहिलेको निर्वाचनका लागि गठबन्धन बनेको होइन, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘संबिधान ध्वंस्त पार्ने अबस्था आएपछि त्यसको रक्षाका लागि गठबन्धन निर्माण गरिएको हो ।’ उहाँले संबिधान रक्षा गर्न गठित गठबन्धन निर्वाचनसम्म आइपुगेको बताउनुभयो । ‘पटक–पटक संबिधान च्यात्ने कोशिस भएपछि यहीँ गठबन्धनले संबिधानको रक्षा गरेको हो, उहाँले भन्नुभयो, ‘अब यसलाई मसिर ४ गतेको चुनावमा सदुपयोग गर्नुपर्छ ।’

अर्को फरक प्रसंगमा अध्यक्ष प्रचण्डले आफू नयाँ रेकर्ड बनाउने उद्देस्य सहित गोरखामा निर्वाचन लड्न लागेको भन्दै यसको छुट्टै महत्व रहेको समेत बताउनुभयो । ‘गोरखा जिल्ला आफ्नो लागि अपरिचित जिल्ला होइन, उहाँले भन्नुभयो, ‘गोरखाको भुगोल, संंस्कृति र जनतालाई मैले राम्रोसंग बुझेको छु ।’

उहाँले आफू गोरखा दुई नम्बर क्षेत्रबाट निर्वाचन लड्न लागेको भएपनि समग्र गोरखा जिल्लालाई आधार बनाएर देशको आर्थिक सम्बृद्धिको थालनी पनि गोरखाबाट नै गर्ने बताउनुभयो । अध्यक्ष प्रचण्डले नेपालमा थुप्रै राजनीतिक परिवर्तन भएपनि आर्थिक सम्बृद्धिसंग जोडेर अघि बढाउन नसक्दा दिगो हुन नसकेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology