Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

गोरखा २ बाट प्रचण्डको उमेद्वारी दर्ता


1.8K
Shares

गोरखा २ बाट प्रचण्डको उमेद्वारी दर्ता

गोरखा, २४ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उमेद्वारी दर्ता गर्नुभएको छ । गोरखा नगरपालिका वडा नम्बर ९ स्थित दलभन्ज्याङमा रहेको प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आइतबार दिउँसो ३ः३० बजे उहाँले सत्तागठबन्धनको साँझा उमेद्वारको रुपमा उमेद्वारी दर्ता गर्नुभएको हो ।

अध्यक्ष प्रचण्डको उमेद्वारीमा नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई प्रस्तावक रहनु भएको छ भने माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश) सर्मथक रहनु भएको निर्वाचन अधिकृत नारदप्रसाद भट्टराईले जानकारी दिनुभयो । चितवन ३ बाट निर्वाचन लड्ने या गोरखाबाट निर्वाचन लड्ने भन्ने लामो चर्चापछि अध्यक्ष दाहालले आइतबार गोरखा–२ बाट उमेद्वारी दिनुभएको हो ।

अध्यक्ष दाहाल उमेद्वारी दर्ताका लागि पूर्वप्रधानमन्त्री डा.भट्टराई सहित, पार्टीका बरिष्ठ नेता श्रेष्ठ, पार्टीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका इन्चार्ज हितराज पाण्डे सहितको टोली लिएर बाजागाँजा सहित निर्वाचन अधिकृतको कार्यालयमा पुग्नु भएको थियो । सत्तागठबन्धनबाट गोरखा क्षेत्र नम्बर २ (क) का नेपाल समाजवादी पार्टी (नेसपा) का नेता फडिन्द्र देवकोटा र (ख) मा नेपाली काग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले पनि उमेद्वारी दर्ता गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology