गोरखा, ८ असोज । एकिकृत अखिल नेपाल शिक्षक संगठन भीमसेन थापा गाउँपालिका समितिको अध्यक्ष चन्द्रप्रसाद भट्ट चयन हुनु भएको छ । गाउँपालिकाको बगुवामा आज सम्पन्न भएको संगठनको दोस्रो पालिका स्तरीय अधिवेशनले भट्टको नेतृत्वमा २५ सदस्सीय पालिका स्तरीय समिति चयन भएको नेकपा माओबादी केन्द्र भीमसेन थापा गाउँपालिका समितिका अध्यक्ष सुजन पाण्डे (बिनोद) ले जानकारी दिनुभयो ।
अधिवेशनबाट समितिको बरिष्ठ उपाध्यक्षमा घनश्याम श्रेष्ठ, उपाध्यक्षमा रामचन्द्र लामिछाने, महिला उपाध्यक्षमा शर्मिला बि.क, सचिवमा देवीबाबु कोइराला र कोषाध्यक्षमा रामचन्द्र वाग्ले चयन हुनुभएको उहाँले बताउनुभयो । अधिवेशनबाट २१ सदस्सीय समिति चयन भएको र थप ४ जना संगठनको बैठकले मनोनयन गर्ने जनाइएको छ । अधिबेशनको उद्घाटन नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य हरिराज अधिकारीले उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रीय निर्वाचन आयोगका सदस्य स्थिरप्रसाद खनाल, संगठनका जिल्ला अध्यक्ष बाबुराम बि.क, पार्टी गण्डकी प्रदेश समिति सदस्य अकुर तिमिल्सेना, प्रेमचन्द्र श्रेष्ठ, गाउँपार्टी समितिका अध्यक्ष सुजन पाण्डे (बिनोद), उपाध्यक्ष नारायण श्रेष्ठ, सागर श्रेष्ठ, सचिव मदन शाक्य, संगठनका जिल्ला सचिव शिवकुमार यादव लगायतको आतिथ्यता रहेको थियो ।