Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

एकिकृत अखिल नेपाल शिक्षक संगठनद्धारा गोरखाका ३ पालिकामा अधिबेशन सम्पन्न


1.6K
Shares

एकिकृत अखिल नेपाल शिक्षक संगठनद्धारा गोरखाका ३ पालिकामा अधिबेशन सम्पन्न

गोरखा, २ असोज । एकिकृत अखिल नेपाल शिक्षक संगठन गोरखाद्धारा जिल्लाका ३ पालिकामा अधिबेशन सम्पन्न भएको छ । संगठनले गोरखा नगरपालिका, अजिरकोट गाउँपालिका र सिरानचोक गाउँपालिका अधिबेशन सम्पन गरेको हो । शनिबार गोरखा सदरमुकाम स्थित पाटेचौरमा भएको संगठनको दोस्रो नगरअधिबेशनले तेजबहादुर नेपालीको अध्यक्षतामा २१ सदस्सीय नगरसमिति चयन गरेको छ ।

अघिबेशनबाट संगठनको बरिष्ठ उपाध्यक्षमा सुनिल अर्याल, महिला उपाध्यक्षमा सरिता भट्ट, उपाध्यक्षमा राजकुमार राई चयन हुनु भएको छ । अधिबशेनले सचिवमा टेकबहादुर उपरकोटी, कोषाध्यक्षमा अन्जना आले र सदस्यहरुमा भीमनारायण श्रेष्ठ, चिरिञ्जीवि रेग्मी, मानबहादुर श्रेष्ठ, मानबहादुर श्रेष्ठ, राजन सिर्मल, बिष्णुहरी वाग्ले, मिस्टर धिताल, नरोत्तम कट्टेल, कृृष्ण बसेल, शंकरबाबु खत्री, सूर्यबहादुर बाँनिया,रज्मदिन मियाँ, जैवु निस्सा मियाँ र प्रमिला कुमाल लगायत रहनु भएको छ ।

त्यस्तै सिरानचोकमा भएको संगठनको भेलाले हासबहादुर तामाङलाई अध्यक्षमा चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा इश्वर गुरुङ, सचिवमा राजेश भण्डारुी महिला उपाध्यक्षमा अन्जुला पाण्डे, कोषाध्यक्षमा राजुबाबु कुमाल चयन हुनुभएको छ । सदस्यहरुमा नारायण ढकाल, बिमला बस्ताकोटी, बधुमाया बराम, खमबहादुर नेपाली, इन्द्रलाला देवकोटा, मोहम्मद मियाँ, बलराम ढकाल, मञ्जु पोखरेल, किशोर पन्त, बिश्वनाथ वाग्ले, दुर्गा कुमारी डाँगी, प्रकाश उपरकोटी, ऋषिराम मरहट्टा चयन हुनुभएको हो ।

बाँकी ५ जना पहिलो बैठकले मनोनित गर्ने जनाइएको छ । उता अजिरकोट गाउँपालिकामा पनि अधिबेशन सम्पन्न भएको संगठनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology