Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

जन्मथलोमा गोरखामा मनाइयो २४ औं बासु स्मृति दिवस : यसरी भएको थियो उहाँको हत्या !


3.1K
Shares

जन्मथलोमा गोरखामा मनाइयो २४ औं बासु स्मृति दिवस : यसरी भएको थियो उहाँको हत्या !

गोरखा, २३ भदौ : १० बर्षे शसस्त्र जनयुद्धका क्रममा राज्यपक्षबाट मारिएका तत्कालिन नेकपा माओबादीका बैकल्पिक पोलिटव्युरो सदस्य सुरेश वाग्ले (बासु) को सम्झनामा आज गोरखामा स्मृतिसभा सहितका कार्यक्रम गरिएको छ । नेकपा (माओबादी केन्द्र) पालुङटार नगर समितिको आयोजनामा वाग्लेको जन्मथलो आँपपिपलमा स्मृतिसभा मनाइएको हो ।

स्मृतिसभालाई सभालाई सम्बोधन गर्नुहुदै पार्टीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश) ले वाग्ले जस्ता महान सहिदको बलिदानी प्राप्त गणतन्त्र, लोकतन्त्र र संबिधानले जनतालाई अपेक्षाकृत खुशी दिन नसकेको बताउनुभयो । उहाँले उहाँले १० बर्षे जनयुद्ध र त्यसपछिका बिभिन्न आन्दोलनबाट नेपालमा जनबादी क्रान्ति पूरा भएको भन्दै देश समाजबादी क्रान्तिको दिशामा अघि बढेको उल्लेख गर्नुभयो ।

‘सहिदहरुले देखाएको बलिदानको पाठलाई नयाँ ढंगबाट सिकेर अघि बढ्नुपर्ने बेला आएको छ, बरिष्ट नेता श्रेष्ठ, अब देश सामाजिक क्रान्तिको दिशामा अघि बढेकाले समाजबादको दिशामा हिड्न सकेमात्र उहाँहरुको सपना साकार हुनेछ ।’यस्तै गोरखाको भीमसेन थापा गाउँपालिकामा माओबादी केन्द्र गाउँपार्टी समितिको आयोजनामा वाग्लेको सम्झनामा स्मृतिसभा मनाइएको छ । कार्यक्रममा पार्टीका गण्डकी प्रदेश समितिका सदस्य एवंम भीमसेन थापा गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जरा (अक्कल) गाउँपाटी समितिका अध्यक्ष सुजन पाण्डे (बिनोद) लगायतले सम्बोधन गर्नुभएको थियो ।

यस्तो छ सहिद वाग्लेको जीवनी :
जनयुद्धको क्रममा सहिद हुने नेकपा (माओवादी) का उच्च तहका नेता हुन् सुरेश वाग्ले ‘बासु’। माओवादीका तत्कालीन वैकल्पिक पोलिटब्युरो सदस्य कमरेड सुरेश वाग्ले (वासु) को जन्म गोरखाको आँपपिपल गावि.स वडा नं.५ स्थित रातडाँडा भन्ने गाउँमा वि.सं २०१० भाद्र २४ गते बुधबारका दिनमा पिता भोजराज वाग्ले र आमा दुर्गादेवी वाग्लेको दोस्रो सन्तानको रुपमा भएको थियो।

गरिब किसान परिवारमा जन्मिएका कमरेड सुरेश बाल्यकाल भौतिक रुपमा अत्यन्तै कमजोर तर कुशाग्र बुद्धिका हुनुहुन्थ्यो। ६ वर्षको उमेरमा संस्कृत शिक्षा पढ्नका लागि मावली घर गोरखाकै बक्राङ गएका कमरेड वासुले मामाघरमै बसेर साहिला हजुरबा श्री गणेशप्रसाद अर्याल (काना गुरु) सँग कक्षा ७ बराबरको औपचारिक शिक्षारम्भ हाँसिल गर्नुभएको थियो। वि।सं। २०२४ सालमा काठमाडौंमा आएर रानीपोखरीस्थित भानु मा.वि बाट कक्षा ८ मा मध्यमा द्वितीय श्रेणीमा उत्तीर्ण गर्नुभएको थियो।

त्यसैगरि रानीपोखरी संस्कृत छात्रवासमा बसेर वि.सं. २०२८ सालमा वाल्मिकि क्याम्पसबाट उत्तर मध्यमा र वि.सं. २०३० सालमा शास्त्रीसम्मको अध्ययन पनि नियमित रुपमा पूरा गर्नुभएको थियो। त्यसै क्रममा वि.सं. २०२७ सालबाटै उहाँ नेपाल र नेपालीको मुक्तिको लागि र देशीय सामन्तवादी, संशोधनवादी पूँजीवादी शासकहरु, स्वतन्त्र राष्ट्रको सार्वभौमसत्तामाथि नाङ्गो हस्तक्षेप गर्ने भारतीय विस्तारवादी शासक वर्ग र अमेरिकी साम्राज्यवादका विरुद्ध लड्ने एकमात्र क्रान्तिकारी पार्टी नेपाल कम्युनिष्ट पार्टीप्रति आकर्षित पुग्नुभएको थियो।

त्यतिबेलै उनले द्वन्दात्मक ऐतिहासिक भौतिकवाद, कम्युनिष्ट घोषणापत्र, माक्र्सवादी शिक्षा र लेनिनका क्रान्तिकारी ग्रन्थहरुको अध्ययन गर्नुका साथै माओका संकलित रचनाहरुको समेत अध्ययन गरेर आफूलाई पनि समाज परिवर्तनको महान् क्रान्तिकारी बाटोमा दौडाइसक्नुभएको थियो । सृजनशील क्षमता र सही विश्लेषण गर्न सक्ने तागत भएका कमरेड सुरेश विद्यार्थी अवस्थादेखि क्रान्तिकारी संगठन (गण्डकी विद्यार्थी परिषद्) मा आवद्ध भई त्यसको सचिव समेत हुनुभएको थियो।

उहाँले त्यसबेला गण्डकी विद्यार्थी संगठनको मुखपत्र लालुपातेमा म्याक्सिम गोर्कीको बारेमा संश्लेषणात्मक लेखसमेत छपाउनुभएको थियो। वि.सं २०३१ सालमा आफ्नै गृह जिल्ला गोरखा फर्किएर वि.सं. २०३२ मा आफ्नै गाउँ आँपपिपलको जनता मा.वि.मा शिक्षण पेशामा आवद्ध भएतापनि उहाँ तत्कालीन ने.क.पा मसालमा आवद्ध भइसक्नुभएको थियो। उहाँ नै आँपपिपल क्षेत्रमा कम्युनिष्टहरुको बिजारोपण गर्ने पहिलो व्यक्ति पनि हुनुहुन्छ।

वि.सं. २०३४ सालमा मोहनविक्रम सिंह, निर्मल लामा, भक्तबहादुर श्रेष्ठहरुले नेतृत्व गरेको तत्कालीन नेकपा चौमको पार्टी सदस्यता लिनुभएका वाग्ले तत्कालीन शिक्षकहरुको छाता संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन तदर्थ समिति गोरखाको सचिव हुनुभएको थियो। वि.सं २०३५\३६ सालतिर गोरखाको हंसपुर गाविसको ज्ञानज्योति मा.वि.मा सरुवा हुनुभएका कमरेड सुरेश वाग्लेसँग त्यहाँ टुकनाथ अधिकारी, तुलसी खनाल, विन्देश्री यादव, ऋषि अधिकारी आदि सरहरु संगठन बिस्तारमा समेत सक्रिय हुनुभएको थियो।

दिउँसो विद्यालयको शिक्षणलाई अनुशासित ढंगले अगाडि बढाउँदै बिहान र बेलुका स्थानीय जनतालाई अन्याय र अत्याचारको विरुद्ध गोलबन्द गराउँदै गरिब र निमुखाको राज्य ल्याउने माक्र्सवादी शिक्षाले प्रशिक्षित र संगठित गर्नुहुन्थ्यो। वाग्ले लगायतका शिक्षकहरुका यस्ता क्रान्तिकारी गतिविधिहरुलाई पञ्चायतका भरौटेहरुले देखि सहेनन्। अनेक बहाना बनाएर यी संगठित शिक्षकहरुलाई पंचका भरौटेबाट षड्यन्त्रमूलक ढंगले तितरवितर बनाइयो। कमरेड वाग्ले पुनः जनता मावि आँपपिपलमै सरुवा हुनुभयो।

त्यसपछि विद्यार्थीका कलिला दिमागमा ज्ञानको ज्योतिको सट्टा दमन, पक्षपात, पीडा र यातना दिइयो। कांग्रेसको भर्तीकेन्द्र बनेर विरोधी (अखिल) विद्यार्थीहरुलाई झुट्टा आरोप लगाउने, यातना दिने, २\३ वर्ष नियोजित ढंगले फेल गरिदिने, गुण्डा लगाएर पिटाउने, खेद्नेजस्ता अत्यन्तै बर्बर दमन गरियो। पीडा सहेर ज्ञान ज्योतिमा अखिलका विद्यार्थीहरुले आफ्नो अध्ययनलाई अगाडि बढाए।

धेरै प्रतिकार गरेमा आफ्नो भविष्य नै खत्तम हुने डरले धेरै विद्यार्थीहरु त्राहीत्राहीमा पढ्न विवश भए। वि.सं. २०३७ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठन गोरखाको पहिलो जिल्ला अधिवेशनमा सचिव पदमा कमरेड वाग्ले निर्वाचित हुन पुग्नुभयो। त्यसपछि उनी ने.रा.शि. संगठन गोरखाबाट केन्द्रीय प्रतिनिधि बन्नुभयो। ने।रा।शि। संगठनको प्रत्येक बैठकमा कमरेड वाग्ले पार्टीको लाइन लिएर जानुहुन्थ्यो र प्रस्तावित त्यो लाइनको सही विश्लेषण गरी बैठकमा पास गराउने अग्रिम रोल खेल्नुहुन्थ्यो। यसरी यस क्षेत्रमा कम्युनिष्टको नेतृत्व गरेकै कारणले तत्कालीन पञ्चे सरकारले कमरेड वाग्लेलाई अस्थायी शिक्षकको रुपमा रहन बाध्य पारिरह्यो। स्थायी हुनै दिएन।

आफ्नो घरायसी र व्यक्तिगत समस्यालाई उहाँ शिक्षक संगठन र कम्युनिष्ट पार्टीको समस्याको तुलनामा जहिले पनि गौण ठान्नुहुन्थ्यो। पार्टी र संगठनको समस्यालाई प्रधान समस्याको रुपमा लिनुहुन्थ्यो। वि.सं.२०४१ सालमा गोरखा जिल्लाका तत्कालीन पञ्चेका दूतहरुले उहाँलाई ने.रा.शि. संगठनबाट राजीनामा दिए मा।वि। स्थायी शिक्षक बनाइदिन्छौं, बरु स्थायी भएपछि तपाई पुनः ने।रा।शि। संगठनको जिम्मेवार सदस्य भए पनि त्यसमा हामीलाई कुनै मतलब छैन र तपाईले राजीनामा दिएको कुरा पनि गोप्य राख्छौं’ भन्दा कमरेड वाग्ले ने.रा.शि. संगठनमा रहेर अस्थायी नै बस्नु परे पनि ठीक छ, म आफ्नो नैतिकतालाई धरौटी राखेर स्थायी शिक्षक बन्ने मेरो नैतिकताले दिंदैन भनि पञ्चेका दूतहरुको प्रस्तावलाई सिधै अस्वीकार गर्नुभएको थियो। कठोर साधना र तपस्यापछि वि।सं। २०४६ र ४७ को आन्दोलनपछि उहाँ स्थायी शिक्षक बन्न पुग्नुभयो।

१७ वर्षसम्म शिक्षण पेशामा अविच्छिन्न सेवा गरेका वाग्लेलाई पञ्चायती शासकहरुले त्यसबेलासम्म स्थायी हुन दिएका थिएनन्। उल्टै उहाँले ‘उग्रवादी’को विल्ला भिर्नुपरेको थियो। उग्रवादी आरोपकै कारण वि;सं. २०३६ सालमा प्रहरी खोरमा परेका कारण उहाँ स्थायी हुन पाउनुभएको थिएन। वि.सं २०४७ सालको प्रतिनिधि सभाको चुनावमा एकता केन्द्र मसालले चुनाव उपयोग गर्ने उद्देश्यले डा। बाबुराम भट्टराईको संयोजकत्वमा बनाएको पार्टीको वैधानिक मोर्चा संयुक्त जनमोर्चा नेपालको तर्फबाट उहाँलाई गोरखा क्षेत्र नं २ को उम्मेदवारमा छनौट ग¥यो।

चुनावी कलाको अभावमा उहाँ उक्त चुनावमा १३ हजार ६७८ मत ल्याई झिनो मतले पराजित हुनुभयो। उहाँलाई तत्कालीन नेपाली काँग्रेसकी उम्मेदवार मैयादेवी श्रेष्ठले १५,२६९ मतलाई जित्नुभएको थियो।

२०४७ सालदेखि नै पार्टीको पूर्णकालीन कार्यकर्ता बन्नुभएका वाग्लेले २०४८ सालमा तत्कालीन नेकपा ९एकता केन्द्र० गोरखा जिल्लाको सचिवको जिम्मेवारी वहन गर्नुभएको थियो। जनयुद्धको तयारीसँगै चलेको ग्रामीण वर्गसंघर्ष, जनयुद्धको थालनी र विकास प्रक्रियामा गोरखा जिल्लामा मुख्य नेताको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नुभएको थियो। २०५३ भदौ १ गते नेकपा (माओवादी) का केन्द्रीय सदस्य देव गुरुङ गोरखा छोप्राकबाट गिरप्तार भएपछि सुरेश वाग्ले पार्टी केन्द्रीय सदस्यको जिम्मासहित उपव्यूरो इन्चार्ज हुनुभएको थियो। २०५५ भदौबाट पार्टीको वैकल्पिक पोलिटव्यूरो सदस्यको जिम्मेवारीमा पुग्नुभएका वाग्ले सोही भूमिकामा रहँदै सहादत भयो।

कसरी हत्या भयो सुरेश वाग्लेको ?

२०५६ साल साउनमा बसेको पार्टी केन्द्रको बैठक, त्यसले बनाएको जनयुद्धको पाँचौं योजना र ‘आधार इलाका निर्माणको महान दिशामा अघि बढौं’ भन्ने नारा कार्यान्वयन गर्ने सन्दर्भ थियो। त्यही पाँचौं योजना कार्यान्वयनका लागि गोरखा पार्टीको लामो र पेचिलो बैठक भुङ्लीचोकमा सम्पन्न भयो। आधार इलाकाको सुरक्षाका लागि सैन्य संरचना विकास गर्ने लक्ष्यअनुरुप मध्यक्षेत्रमा प्लाटुन निर्माणको निर्णय भएको थियो, जसको कमाण्डर भीमसेन पोख्रेललाई बनाउने निर्णयसमेत भएको थियो।

प्लाटुन घोषणा कार्यक्रम छोप्राकमा निश्चित गरिएकोले नेता र कार्यकर्ताहरु भुङ्लीचोकबाट छोप्राकतिर हिंडेका थिए। सुरक्षा सम्वेदनशीलतालाई ख्याल गर्दैै स–साना टुकडी बनाएर अघि बढ्ने क्रममा सुरेश वाग्ले, प्लाटुन कमाण्डर भीमसेन पोख्रेल र चिजा गर्तौला एउटा टुकडीमा थिए। नयाँ साँघु ९तत्कालीन गाँखु गाविस, हालको सिरानचोक गापा–६ हुँदै बाँसपुरको उकालो हिंड्दै गर्दा प्रहरीको घेरामा पर्नुभयो।

अघिल्लो दिन साँझ नयाँसाँघु बजार नजिकै बास बसेको त्यहाँ भएको टेलिफोनमार्फत हर्मी प्रहरीलाई सूचना भएको देखिन्छ। त्यो इलाकालाई राति नै प्रहरी आएर घेरा कसेको उहाँहरुले पत्तो पाउनुभएन। वर्खा याम र कुहिरो लाग्नु, सुरेश वाग्लेको कमजोर शारीरिक अवस्था र स्वास्थ्य (पखाला) मा देखिएको समस्या र टेलिफोन भएको बजार नजिक बास बस्नु यात्राका प्रतिकूलता भए, जसले गाँखु हत्याकाण्ड निम्त्यायो।

चिजा घेरा तोडेर भाग्न सफल हुनुभयो। भीमसेन पनि भाग्न सक्ने पूरै सम्भावना थियो। सुरेश वाग्लेले भीमसेनलाई पटक–पटक भाग्न भन्नुभयो। ‘नेताको सुरक्षाका लागि आएको मान्छे, नेतालाई छोडेर कसरी एक्लै भाग्नु’ भन्दै दुबै जनाले घेरा तोड्ने कोसिस भयो। तर दुवै जना प्रहरीको कब्जामा पर्नुभयो। सुरूमै प्रहरीले भीमसेनलाई गोली हानेर हत्या ग¥यो। सुरेशलाई कब्जामा लिएपछि आत्मसमर्पण गर्न भनियो। आत्मसमर्पण गर्न नमानेपछि गोली हानेर उहाँको समेत हत्या गरियो।

सुरेश वाग्लेलाई गिरफ्तार गरिसकेपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयमा सम्पर्क ग¥यो र भन्यो, ‘फलानो गिरफ्तार भयो के गर्ने ?’ जिल्लाले उत्तर फर्कायो कि मान्छे समातेर, अझ त्यो स्तरको मान्छेलाई समातेर कानुनी झमेलामा पर्नु हुँदैन। समातेपछि सकिहाल्नुपर्छ।’ जिल्लाबाट आएको हत्या गरिदिने आदेशसँगै सुरेश वाग्लेलाई नजिकैको गोठमा लगेर गोली हानी हत्या गरियो। शारीरिक हिसाबले कमजोर र तत्काल बिरामी अवस्थामा रहेको त्यो स्तरको नेतालाई कब्जामा लिएर पहिचान खुलेपछि पनि राज्यले हत्या गरेको थियो।

०५३ भदौमा छोप्राकबाट देव गुरुङलगायतका माओवादीलाई गिरफ्तार गर्ने हर्मी प्रहरी चौकी, जसले सुरेश वाग्ले र भीमसेन पोख्रेलको समेत हत्या गरेको थियो। त्यो प्रहरी चौकीमाथि माओवादी छापामारहरुले सोही सालको चैत १६ गते आक्रमण गरे। चौकी ध्वस्त भयो र सबै हातहतियार माओवादीको कब्जामा आएको थियो। सुरेश वाग्लेको पहिचान खुलिसकेपछि पनि कानुनी झन्झटमा फस्नुहुँदैन भनेर हत्या गर्ने आदेश दिने सिडिओ ०५८ मंसिर १० गते राति सोलु आक्रमणमा परी मारिए।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology