गोरखा, २१ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गोरखाले आगमी मंसिर ४ गते हुने संघिय तथा प्रदेश निर्वाचनका लागी उम्मेदवार सिफारिस गरेको छ । मंगलबार जिल्ला कार्य सम्पादन समितिको बैठकले प्रदेश समितिलाई संघीय क्षेत्र र प्रदेश क्षेत्रको प्रत्यक्ष, समानुपातिक दुबैतर्फको नाम सिफारिस गरेको हो।
राप्रपाले प्रत्यक्षतर्फ गोरखा १ मा उदय भट्ट, मेघनाथ पाण्डे र मोहन कुमार श्रेष्ठको नाम सिफारिस गरेको जिल्ला उपाध्यक्ष तथा सचिवालय प्रमुख भिषण अर्यालले जानकारी दिनुभयो । समानुपातिक तर्फ प्रेम कुमार श्रेष्ठ, अम्बिका रुपाखेती र चेत बहादुर बोगटीको नाम सिफारिसमा परेका छन् ।
यस्तै क्षेत्र नम्बर १ को प्रदेश क्षेत्र ‘क’ मा प्रत्यक्ष तर्फ नेत्र बहादुर थापा मगर, पान माया सिङखडा र सुदिप ढकाल समानुपातिक तर्फ नारायण बाबु श्रेष्ठ, समझना लामिछाने र हेरराम अधिकारीको नाम सिफारिस गरिएकोे उपाध्यक्ष अर्यालले बताउनुभयो ।
यस्तै क्षेत्र नम्बर १ को प्रदेश क्षेत्र ‘ख’ मा प्रत्यक्ष तर्फ सोमनाथ अधिकारी, कल्पना राना, उदय भट्टराई समानुपातिक तर्फ यदु भट्ट, ढक बहादुर रोका र चन्चला खड्काको नाम सिफरिस गरिएको बताएको छ ।
संघीय क्षेत्र नं. २ प्रत्यक्ष तर्फ राम राजा कोइराला, मन माया गुरुङ, भिम बहादुर गुरुङ, समानुपातिक तर्फ रुद्ध राज पाण्डे, कृष्ण बहादुर गुरुङ र भुजिया बस्नेतको नाम सिफारिस गरिएको उहाँले जानकारी दिनुभयो ।
यसैगरी क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र ‘क’ मा प्रत्यक्ष तर्फ राजेन्द्र विक्रम शाह, सुशिला पन्त, सावित्रा ढकाल समानुपातिक तर्फ कृष्ण पाण्डे, कुमनरी गुरुङ, अभिनास कोईरालाको नाम सिफारिसमा परेका छन् ।
क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र ‘ख’ मा प्रत्यक्ष तर्फ फडिन्द्र अधिकारी, जय प्रकाश बगाले, सिता पोखरेल समानुपातिक तर्फ भेस बहादुर कुमाल, सुन माया गुरुङ र तुल्सी अधिकारीको नाम सिफारिस गरिएको राप्रपा गोरखाले जानकारी दिएको छ ।