Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

जसपा गोरखाले टुङग्यायो संघ र प्रदेशका लागि उमेद्वार (को–को परे यो हेर्नुहोस् नामावली)


2.9K
Shares

जसपा गोरखाले टुङग्यायो संघ र प्रदेशका लागि उमेद्वार (को–को परे यो हेर्नुहोस् नामावली)

गोरखा २० भदौ । जनता समाजबादी पार्टी गोरखाले आगामी मंसिरमा हुने संघ र प्रदेशका लागि जिल्लाको तर्फबाट उमेद्वार सिफारिस गरेको छ । जसपा गोरखा जिल्ला कार्य समितिले प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फ तिलक गुरुङ र २ बाट जुना गैरेको नामा सिफारिस गरेको पार्टीका जिल्ला अध्यक्ष कुलमान गुरुङले जानकारी दिनुभयो ।

त्यस्तै संघमा समानुपातिक पुरुष तर्फ बिरबहादुर गुरुङ र महिला तर्फ धनमाया गुरुङको नाम सिफारिस गरेको उहाँले बताउनुभयो । त्यस्तै क्षेत्र नम्बर १ अन्र्तगत प्रदेश सभा (क) मा कुलमान गुरुङ, प्रदेशसभा (ख) मा सुकमाया गुरुङको नाम सिफारिस गरेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

क्षेत्र नम्बर २ अन्र्तगत प्रदेशसभा (क) मा रमेश पोखरेल, र कबिन्द्र अधिकारी तथा प्रदेशसभा (ख) मा रामप्रसाद गुरुङको नाम पार्टीले सिफारिस गरेको छ । प्रदेशमा सभा अन्र्तगत समानुपातिक तर्फ सुडमान गुरुङ र पार्वती मास्केको नाम पार्टीको गण्डकी प्रदेश समितिमा पठाएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology