Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

गोरखा राप्रपा नेपालले गर्यो संघ र प्रदेशका लागि प्रस्तावित उमेद्धारको नाम सिफारिस


2.3K
Shares

गोरखा राप्रपा नेपालले गर्यो संघ र प्रदेशका लागि प्रस्तावित उमेद्धारको नाम सिफारिस

गोरखा, २० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल गोरखाले संघ र प्रदेशका लागि प्रस्तावित उमुद्धारको नाम सिफारिस गरेको छ ।

संघ तर्फ २ र प्रदेश तर्फ ४ निर्वाचन क्षेत्र रहेको गोरखामा राप्रपाले प्रस्तावित उमेद्धारको नाम सिफारिस गरेको स्रोतले जनाएको छ । संघीय क्षेत्र नं १ मा प्रतिनिधि सभा तर्फबाट हिक्मतजंग भण्डारी, विष्णुहरि आचार्य र मानबहादुर श्रेष्ठलाई उम्मेदवारको रुपमा सिफारिस गरिएको छ । प्रतिनिधि सभाका समानुपातिक तर्फबाट विजय मल्ललाई सिफारिस गरिएको राप्रपा नेपाल गोरखाले जनाएको छ । क्षेत्र नं १ को प्रदेश सभा क्षेत्र नं ‘क’ बाट हरिराम अर्याल, पम्फा खनाल, पूर्णबहादुर गान्धारीलाई सिफारिस गरिएको राप्रपा नेपाल जिल्ला कार्य समितिले जनाएको छ ।

समानुपातिकतर्प मायादेवी खनखवास र सीता पाठकलाई सिफारिस गरिएको छ । प्रदेश क्षेत्र ‘ख’ बाट सरिता रहिना देवकोटा र समानुपातिक तर्पबाट दावा दोर्जे लामाको नाम सिफारिस गरिएको जनाएको छ । त्यस्तै, संघीय क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि महेश्वर रोका, शंकरराज अधिकारी, उज्वल पोखरेल, सफीदिन मायाको नाम सिफारिस गरिएको छ ।क्षेत्र नं २ को प्रदेश क्षेत्र ‘क’ को तर्फबाट शम्भु न्यौपाने, अर्जुन बस्नेत, राममाया के.सी र समानुपातिक तर्फबाट पूर्णकुमारी विक र कृष्ण गिरीको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नं २ कै प्रदेशसभा ‘ख’ तर्फबाट कुलबहादुर बस्नेतको नाम सिफारिस गरिएको छ । समानुपातिक तर्फबाट भने यमबहादुर राना, ठाकुरप्रसाद ढकाल, टीका कुमारी खड्कालाई सिफारिस गरिएको राप्रपा नेपाल गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology