Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

एमाले गोरखाद्धारा क्षेत्र नं १ मा रामशरण बस्नेत सहितको नाम सिफारिस (को–को परे अरु हेर्नुहोस)


3.8K
Shares

एमाले गोरखाद्धारा क्षेत्र नं १ मा रामशरण बस्नेत सहितको नाम सिफारिस (को–को परे अरु हेर्नुहोस)

गोरखा, १९ भदौ । नेकपा एमालेले गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ गण्डकी प्रदेशका पूर्वमन्त्री रामशरण बस्नेत, आरसी लामिछाने, कृष्ण नेपालीको नाम उम्मेदवारमा सिफारिस गरेको छ। समानुपातिकतर्फ भने क्षेत्र नम्बर १ बाट विमला चेपाङको नाम सिफारिस गरेको एमाले गोरखाले जनाएको छ ।

क्षेत्र नम्बर १ को (क) बाट सुरेन्द्र थापा, विशाल थापा, गोपाल पाण्डे, देवेन्द्र श्रेष्ठ, नानीमाया थापाको नाम सिफारि गरेको छ प्रदेश सभा (ख) मा मोहन भट्टराई, कृष्ण काप्री, आरसी लामिछाने, प्रमिला खड्का उम्मेदवार सिफारिस गरेको एमालेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology