Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

माओबादी केन्द्र गोरखाले तोक्यो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको जिम्मेवारी


2.3K
Shares

माओबादी केन्द्र गोरखाले तोक्यो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको जिम्मेवारी

गोरखा, १९ भदौ । नेपाल कम्युनिष्ट (माओबादी केन्द्र) गोरखाले जिल्ला स्थित निर्वाचन क्षेत्र निर्वाचन क्षेत्र समन्वय समितिको जिम्मेवारी तोकेको छ । जिल्ला समन्वय समिति गोरखाको आज बसेको बसेको पूर्ण बैठकले प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रको जिम्मेवारी बाँडफाँड गरेको पार्टीका जिल्ला संयोजक बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ समन्वय समितिको इन्चार्जमा अमर तमु, संयोजकमा छमबहादुर गुरुङ, सचिवमा अंकुर तिमिल्सेना (आयाम) लाई जिम्मेवारी दिएको छ । त्यस्तै क्षेत्र नम्बर १ अन्र्तगत प्रदेश सभा (क) मा इन्चार्जमा लेखबहादुर थापा, संयोजकमा शोभा लामिछाने, सचिवमा जीवन गुरुङलाई जिम्मेवारी दिइएको उहाँले बताउनुभयो । त्यस्तै (ख) को इन्चार्जमा सुशिला सिंखडा, संयोजकमा ऋषि खनाल, र सचिवमा प्रेमचन्द्र श्रेष्ठलाई चयन गरिएको जिल्ला संयोजक भट्टले जानकारी दिनुभयो ।

बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को इन्चार्जमा परशुराम रम्मेत, सहइन्चार्जमा खोपबहादुर कंडेल, संयोजकमा भुवन सुनार र सचिवमा रामकुमार कोइरालालाई चयन गरिएको उहाँले बताउनुभयो । त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ (क) को इन्चार्जमा कमला नहर्की, संयोजकमा रामचन्द्र सेडाई, सचिवमा सुदिप नगरकोटी तथा (ख) को इन्चार्जमा दिपक देवकोटा, संयोजकमा नवराज पुडासैनी र सचिवमा सुनिल परियारलाई चयन गरिएको अध्यक्ष भट्टले जानकारी दिनुभयो । जिल्ला भित्रका सवै वडामा निर्र्वाचन रणनीति तय गर्नका लागि तत्काल बैठक बस्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology