गोरखा, १९ भदौ। नेकपा एमाले गोरखाको क्षेत्र नम्बर २ कमिटीले प्रतिनिधि सभातर्फ प्रत्यक्ष चुनाव लड्न मिलन गुरूङ (चक्रे मिलन) को नाम सिफारिस गरेको छ । चक्रे मिलनसहित दिनेशचन्द्र देवकोटा र कोपिला कुमाल पनि प्रतिनिधि सभातर्फ उम्मेदवार सिफारिस भएका छन्। यो नाम क्षेत्रले जिल्ला कमिटीमा सिफारिस गरी पठाएको छ।
मिलन चक्रे गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ५ छोप्राकका हुन्। क्षेत्र नम्बर २ मा समानुपातिकतर्फ जिल्ला अध्यक्ष प्रेम गुरूङको नाम प्रदेश र प्रतिनिधि सभा क्षेत्रतर्फ नै सिफारिस भएको छ। यस्तै प्रदेश सभा क्षेत्र (क) मा राजु राना, बसन्तकुमार श्रेष्ठ, गम्भीरा बराकोटी सिफारिस भएका छन्।
प्रदेश सभा क्षेत्र (ख) मा कमल दानी र बसन्त गुरूङको नाम प्रत्यक्षतर्फ सिफारिस भएको छ। क्षेत्रले उम्मेदवारको नाम जिल्लामा पठाएको र जिल्लाले सोमबार माथिल्लो निकायमा पठाउने एमाले गोरखाले जनाएको छ ।