Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

राप्रपा अध्यक्ष लिङ्देलद्धारा सांसद पदबाट राजीनामा घोषणा


1.9K
Shares

राप्रपा अध्यक्ष लिङ्देलद्धारा सांसद पदबाट राजीनामा घोषणा

काठमाडौँ, १९ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनद्धारा सांसद पदबाट राजीनामा घोषणा गर्नुभएको छ ।

प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले सांसद पद त्याग गरेको घोषणा गर्नु भएको हो । उहाँले निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा नयाँ प्रतिनिधिले सपथ नलिएसम्म अहिलेको संसदको आयु बढाउन खोजिएको भन्दै अब सांसद पद त्याग गरेको घोषणा गर्नु भएको छ । संसदको चुनाव घोषणा भइसकेपछि संसद भंग हुनुपर्ने र सरकार काम चलाउन हुने मान्यता राप्रपाको रहेको भन्दै संसदको आयु लम्बाउने काममा राप्रपाको समर्थन नहुने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो आजबाट सांसदको रुपमा यहाँ उपस्थित नहुने र मेरो नाममा पठाइने तलब, भत्ता र सुविधा रोक्का गरियोस् भन्नु भएको छ । उहाँले नेपालको राजनीतिक भविष्यका लागि समेत अबको निर्वाचन निकै महत्वपूर्ण रहेको धारणा राख्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology