गोरखा, १७ भदौं । नेत्र बिक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी गोरखाको सातौं जिल्ला सम्मेलन आज सम्पन्न भएको छ । सिरानचोक गाउँपालिकाको छोप्राकमा सम्पन्न भएको सम्मेलन पार्टीका जिल्ला सेक्रेटरी कपिल भट्टले पेश गर्नुभएको राजनीतिक प्रतिवेदन पारित गर्दै सम्पन्न भएको हो ।
सम्मेलनमा बर्तमान अबस्थामा पार्टीको आंकलन, जिल्ला भित्रका राजनीतिक शक्तिको स्थिती, गोरखा कम्युनिष्ट आन्दोलनको इतिहास, प्रतिबन्ध र प्रतिरोध तथा सम्भावना र चुनौती लगायतका बिषय समेटिएको जनाइएको छ ।
उक्त प्रतिबेदन माथि छलफल गरी पारित गरिएको जिल्ला सेक्रेटरी भट्टले जानकारी दिनुभयो । सम्मेलनलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथी समेत रहनु भएकी पार्टीका गोरखा कास्की जिल्ला इन्चार्ज उमा भुजेलले आसन्न नवौ राष्ट्रिय महाधिबेशनमा जुट्न जिल्ला भित्रका नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
जिल्ला सम्मेलनलाई सम्बोधन गर्नुहुदै पार्टीका गोरखा कास्की जिल्ला इन्चार्ज उमा भुजेल
उहाँले पार्टीले सरकारसंग गरेको ३ बुदेँ सम्झौताको इमान्दारिता पूर्वक कार्यान्वयन नभएको भन्दै त्यसका बिरुद्ध जुट्न अपिल गर्नुभयो । सम्मेलनमा शहीद भीमसेन पोखरेलका आमा तिलमाया पोखरेल, नेता कृष्णबहादुर अधिकारी, डम्बर चेपाङ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । सोही अबसरमा नेपाली काग्रेस र माओबादी छोडेर समिर अधिकारी राम दाहाल लगायत १३ जना नेकपामा प्रवेश गरेको पार्टीका जिल्ला सेक्रेटरी भट्टले जानकारी दिनुभयो ।

सम्मेलनबाट पुन: पार्टीको जिल्ला सेक्रेटरीमा भट्टलाई नै चयन गरेको छ । सम्मेलनले पछि थप गर्ने गरी २५ सदस्सीय जिल्ला पार्टी कमिटी चयन गरेको सो पार्टीले जनाएको छ ।