काठमाण्डौं १८, साउन । कक्षा १२ सहित बिश्व बिधालयले सञ्चालन गर्न लागेका आएका सवै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयलाई स्वास्थ्य मन्त्रालयले आज आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य राज्य मन्त्रि उमेश श्रेष्ठले कक्षा १२ सहित विश्वविद्यालयका सबै परीक्षा कार्यक्रम स्थगित गर्न शिक्षा मन्त्रालयलाई आग्रह गर्नुभएको हो ।
‘हामीले शिक्षा मन्त्रालयलाई औपचारिक जानकारी गराउने तयारी गरेका छौं’ उनले भन्नुभयो, ‘ परीक्षा स्थगित गरेर आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्न सकिने विकल्प छ ।’ कक्षा १२ को परीक्षाका लागि साउन ३१ भदौ ९ गतेसम्म हुने भनी तालिका पनि सार्वजनिक भइसकेको छ ।