काठमाण्डौं १७, साउन । गत हप्तादेखि भएको भीषण बर्षा पछि आएको बाढीका कारण मृत्यु हुनेको सख्या ११३ पुगेको छ । अफगानिस्तानको कमदिश जिल्लामा बाढीका कारण अझै दर्जनौँ व्यक्ति हराइरहेका र अन्य ७० जना घाइते भएको जनाइएको समाचार संस्थाहरुले जनाएका छन् ।
बाढीका कारण जिल्लाको करिब १२ किलोमिटर सडक भत्केकोे छ, १७३ घर पूर्ण रुपमा क्षतिग्रस्त भएको त्यहाँका प्राकृतिक प्रकोप व्यवस्थापन राज्यमन्त्री गुलाम बहाउददिन जेलानीले जानकारी दिनुभयो । गत महिना अफगानिस्तानको पश्चिमी प्रान्त हेरातका केही भागहरूमा भारी वर्षा र बाढीले गर्दा कम्तीमा पनि १२ जनाको मृत्यु भएको थियो ।