Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अबैध ६५ किलो गाँजा सहित २ जना प्रहरीको नियन्त्रणमा


3.7K
Shares

अबैध ६५ किलो गाँजा सहित २ जना प्रहरीको नियन्त्रणमा

मकवानपुर १४, साउन । अबैध ६५ किलो गाँजा सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानीबाट बुधबार राती करिव १२: ४० बजेको समयमा ठूलो परिमाणको गाँजा बरामद भएको हो ।

प्रहरीले गाँजा सहित चितवन भरतपुर महानगपालिका वडा नम्बर–२० चनौली बस्ने वर्ष ३८ को रोशन परियार र मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर–६ बस्ने वर्ष ४३ को ललित तामाङलाई पक्राउ गरेको जनाएको छ ।

चेकजाँच गर्ने क्रममा मनहरीबाट हेटौडा तर्फ आउँदै गरेको बा ११ च ९५०९ नम्बरको स्कारपियो गाडीबाट गाँजा बरामद भएको हो । पक्राउ परेको दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology