Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

म्यान्मारमा सैनिक कू विरुद्धको प्रदर्शन जारी, थप ३८ जना प्रदर्शनकारी मारिए


4.2K
Shares

म्यान्मारमा सैनिक कू विरुद्धको प्रदर्शन जारी, थप ३८ जना प्रदर्शनकारी मारिए

काठमाण्डौ २, चैत । म्यान्मारमा जारी सैनिक कू विरुद्धको प्रदर्शनको क्रममा थप ३८ जना प्रदर्शनकारी मारिएका छन् । गत फेबु्रवरी १ मा म्यान्मारका नेतृ आङसान सुचीसहितका नेताहरुलाई नजरबन्द गरी सेनाले सत्ता हातमा लिएपछि त्यहाँ विरोध प्रदर्शन हुँदै आएको छ ।

म्यान्मारमा सैनिक कू विरुद्ध नागरिकहरु सडकमा उत्रिएपछि हिजो थप ३८ जना प्रदर्शनकारीको गोली लागेर मृत्यु भएको बीबीसीले लेखेको छ । प्रदर्शनका क्रममा सेनाले चलाएको गोली लागी उनीहरुको मृत्यु भएको बताइएको छ ।

प्रदर्शनका क्रममा दर्जनौं प्रदर्शनकारी घाइते भएका छन् । म्यान्मारमा सेनाले गरेको कू प्रति संयुक्त राष्ट्र संघले पनि आपत्ति जनाएको छ । साथै सेनाले त्यहाँका प्रदर्शनकारीमाथि गरेको हिंसालाई तत्काल रोक्न आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology